शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

हावाहुरीबाट सतर्क रहन अनुरोध

हावाहुरीबाट सतर्क रहन अनुरोध


  • ढाेरपाटन संवाददाता
  • चैत्र ६ २०८२, शुक्रबार

पोखरा / गण्डकी प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लाहरूमा मौसम बदली भई मनसुनी वायु सक्रिय रहेको, तिव्र गतिमा हावाहुरी चल्नुकासाथ‌ै वर्षात हुन थालेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सञ्जालमार्फत सम्पूर्ण प्रदेशवासीहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको हो । वर्षाका कारण पहिरो, गेग्रान तथा हावाहुरीको जोखिम बढ्न सक्ने, साथै ठूला तथा साना नदी–नाला तथा खोलाहरूमा पानीको सतह बढ्न गई बाढीको जोखिम उत्पन्न हुनसक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

यस परिस्थितिमा सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी गर्न, सुरक्षित स्थानमा बसोबास गर्न तथा विशेष सावधानी अपनाउन प्रदेश सरकारले अनुरोध गरेको हो । कुनै आपत्कालिन अवस्था सिर्जना भएमा वा समस्या परेमा नजिकका सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, प्रदेश सरकार र संघीय सरकार मातहतका निकायमा खबर गर्न पनि सरकारले भनेको छ । ‘तत्काल मौसम सुधार हुने संकेत नभएकाले सुरक्षित रहनुहुन सबैमा अनुरोध छ’, सरकारले भनेको छ, ‘बिपत्तीको सामना हामी सबै मिलेर गर्नुपर्छ । पिडितको उद्धार राहत र पुर्नस्थापनामा गण्डकी प्रदेश सरकार सँधै नागरिकको साथमा छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->