सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

टिकटकबाट ठगी गरेको आरोपमा स्याङ्जाका युवक पक्राउ

टिकटकबाट ठगी गरेको आरोपमा स्याङ्जाका युवक पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०८२, शनिबार

स्याङ्जा/  सामाजिक सञ्जालबाट अनलाइन ठगी गरेको आरोपमा स्याङ्जाका एक युवक काठमाडौंमा पक्राउ परेका छन् । प्रहरीका अनुसार टिकटकमार्फत चिनजान गरी ह्वाट्सएपमा कुराकानी गर्दै महिलाहरूलाई लक्षित गरी ठगी गरेको आरोपमा ३४ वर्षीय विशाल थापा क्षेत्री नाम बताउने भेषराज वाग्ले पक्राउ परेका हुन् ।

वाग्ले स्याङ्जाको बिरुवा गाउँपालिका–२ का हुन् । उनलाई चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । वाग्लेले आफू अमेरिकन आर्मीमा कार्यरत रहेको भन्दै विभिन्न बहाना बनाउने, नेपालमा बिदामा आएको र जग्गाको कर तिर्न समस्या परेको हुँदा रकम आवश्यक रहेको भन्दै ठगी गरेको प्रहरीको भनाइ छ ।

यसैगरी आफ्नो बैंक खातामा ‘लिमिट’ लागेको भन्दै विभिन्न व्यक्तिसँग रकम माग गरी ठगी गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । प्रहरीले सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग आर्थिक कारोबार नगर्न तथा कुनै प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत रहन आग्रहसमेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->