शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ समाज पोखराको अध्यक्षमा नरेश, सचिवमा बालकृष्ण

बागलुङ समाज पोखराको अध्यक्षमा नरेश, सचिवमा बालकृष्ण

समाजको उपाध्यक्षमा गंगावहादुर पुन, सचिवमा बालकृष्ण सापकोटा, सहसचिवमा प्रकाश मल्ल र कोषाध्यक्षमा कोपिला श्रीस चयन भएका छन् । 


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०८२, आइतबार

पोखरा/बागलुङ समाज पोखराको अध्यक्षमा नरेश सुवेदी चयन भएका छन् । समाजको शनिवार पोखरामा समपन्न २५औं बार्षिक साधारणसभाले समाजको अध्यक्षमा सुवेदीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

समाजको उपाध्यक्षमा गंगावहादुर पुन, सचिवमा बालकृष्ण सापकोटा, सहसचिवमा प्रकाश मल्ल र कोषाध्यक्षमा कोपिला श्रीस चयन भएका छन् ।

समितिको सदस्यमा रमेश विक, दुर्गा वहादुर खत्री, गोमा कार्की बास्कोटा, रुद्र बहादुर श्रीस, सूर्य वहादुर थापा र हिरा थापा चयन भएको निवर्तमान अध्यक्ष ठाकुर प्रसाद सापकोटाले बताए ।
साधारणसभाको उद्घाटन गण्डकी प्रदेश सभाका उपसभामुख बिना कुमारी थापाले गरेकी थिइन् । सो अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

समाजका अध्यक्ष ठाकुर प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गगा बहादुर पुनले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बालकृष्ण सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष नरेश सुवेदीले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा ४ जना जेष्ठ नागरिक चिरञ्जिवी श्रेष्ठ, उपेन्द्रराज पन्त, बम बहादुर छन्त्याल र राम प्रसाद पाण्डेलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रेम प्रसाद स्मृति पुरस्कार सफल पौडेल, अमत्र्य खड्का र गरिमा जिसीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा उपसभामुख थापा र प्रजिअ शर्मा लगायतले समाजले रजत जयन्तीको अवसरमा प्रकाशन गरेको ‘रजत जयन्ती स्मारिका’ सार्वजानिक गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->