काठमाडौं / पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिवार विहानै पक्राउ गरेको हो ।
उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकृतले बताए ।
त्यस्तै, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलिलाई पक्राउ गर्न प्रहरीको टोली गुण्डु पुगेको छ । त्यहाँ उनलाई नियन्त्रण लिन एमालेका नेता कार्यकर्ताले अवरोध गरिरहेका छन् ।
शुक्रवार गठन भएको बालेन नेतृत्वको सरकारले गौरी वहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
पूर्व गृहमन्त्री लेखक र प्रधानमन्त्री ओलीलाई पक्राउ गर्न गृहमन्त्री र उच्च सुरक्षा अधिकारीविच रातभर छलफल भएको थियो ।
छलफलपछि जरुरी पक्राउ पुर्जी लिएर प्रहरी शनिवार एकाविहानै उनीहरुलाई पक्राउ गर्न निवास पुगेको थियो ।





