सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ओलीलाई राखियो ५०१ नं. बेडमा, ‘मुटुको धड्कन केही तलमाथि’

ओलीलाई राखियो ५०१ नं. बेडमा, ‘मुटुको धड्कन केही तलमाथि’

ओली मिर्गौला प्रत्यारोपणका बिरामी भएकाले हिरासतको तनावले स्वास्थ्यमा थप जटिलता आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै ‘आइसोलेसन वार्ड’मा राखिएको हो ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८२, शनिबार

काठमाडौं / पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको बेड नम्बर ५०१ मा राखिएको छ । ‘एनेक्स वान’ भवनको बेड नम्बर ५०१ मा राखिएको अस्पतालले जनाएको छ ।

ओली मिर्गौला प्रत्यारोपणका पुरानो बिरामी भएकाले र हिरासतको तनावले स्वास्थ्यमा थप जटिलता आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै ‘आइसोलेसन वार्ड’मा राखिएको अस्पतालका प्रवक्ता डा। गोपाल सेढाईंले बताए ।

प्रवक्ता सेढाईंले भने, ‘उहाँलाई राखिएको बेड क्याबिन हो । मिर्गौला प्रत्यारोपण गरेकाले निगरानीमै राखिएको हो । मुटुको डाक्टरले जाँच गर्नुभयो । मुटुको धड्कन केही तलमाथि पाइएको छ । कार्डियोलोजिस्टले २४ घण्टा निगरानीमा राख्न सक्नुहुन्छ ।’

नवनियुक्त गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ओलीसहित पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई शनिबार (चैत १४) बिहान भक्तपुरस्थित उनीहरूका निवासबाट प्रहरीले नियन्त्रणमा लिएको छ । ओली–लेखक दुवैलाई म्याद थपका निम्ति आइतबार (चैत १५) अदालतमा पेस गर्ने प्रहरीको तयारी छ ।

एमालेका नेताहरूले भने पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै विरोध सुरु गरिसकेका छन् । जनसंगठनले आज र पार्टीले भोली देशभर नै विरोध गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->