सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ओली र लेखकको रिहाइको माग गर्दै एमालेको ज्ञापनपत्र

ओली र लेखकको रिहाइको माग गर्दै एमालेको ज्ञापनपत्र


  • ढाेरपाटन संवाददाता
  • चैत्र १५ २०८२, आइतबार
म्याग्दीका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र बुझाउँदै एमाले जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीलगायत ।

पोखरा / पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकको अविलम्ब रिहाइको माग गर्दै गण्डकी प्रदेशका विभिन्न जिल्लामा नेकपा एमालेले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

कास्की, म्याग्दी, लमजुङ, बागलुङ लगायत जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र नेपाल सरकारलाई बुझाइएको हो । ज्ञापनपत्रमा नवगठित सरकारले कार्की आयोगको प्रतिशोधात्मक र अपूर्ण प्रतिवेदनका आधारमा ओली र लेखकसहितका नेतालाई पक्राउ गरी मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्न खोजेको आरोप लगाइएको छ ।

जेनजी आन्दोलनलाई योजनाबद्ध र सङ्गठित रूपमा दुरुपयोग गरी असंवैधानिक बाटोबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारद्वारा गठित कार्की आयोगको प्रतिवेदनका आधारमा नेताहरूमाथि गरिएको धरपकड प्रतिशोध साँध्ने काम बाहेक अरू केही नभएको दाबी ज्ञापनपत्रमा गरिएको छ ।

ज्ञापन बुझाउन जानु अघि एमालेका नेता कार्यकर्ताहरू ¥यालीसहित जिल्ला प्रशासनमा पुगेका थिए । ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभालाई जिल्लास्तरीय नेताहरुले सम्बोधन गर्दै ओली र लेखक पक्राउको बिरोध गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->