बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, श्रीचौरमा पहिरो गएपछि बेंसीसहर-चामे सडक अवरुद्ध भएको छ ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०८२, मंगलबार

लमजुङ / वर्षासँगै मंगलबार दिउँसो २ बजेतिर पहिरो गएको र त्यसपछि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, श्रीचौरमा पहिरो गएपछि बेंसीसहर-चामे सडक अवरुद्ध भएको छ ।

वर्षासँगै मंगलबार दिउँसो २ बजेतिर पहिरो गएको र त्यसपछि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई अध्यक्ष खुसीराम गुरुङका अनुसार माथिबाट आएको पहिरोले सडक पुर्नुका साथै बगाएपछि सवारी वारपार हुन सकेको छैन ।

मनाङबाट आएका र लमजुङबाट जाँदै गरेका सवारी साधन पहिरोमा रोकिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय प्रमुख जितेन्द्रकुमार बस्नेतले मंगलबार दिउँसो २ बजेतिर माथिबाट पहिरो खसेको र त्यसले सडकमा क्षति पुर्‍याउँदा सडक अवरुद्ध भएको बताए ।

उनका अनुसार अहिले बाटो खुलाउन मेसिनरी सामग्री ब्याक्होलोडर प्रयोग भइरहेको छ । ‘पानी परेर काम गर्न नदिएर दिउँसो साढे ३ बजेतिरबाट मात्रै सडक खुलाउने काम भएको छ’ उनले भने । पहिरो गएको ठाउँ श्रीचौर लमजुङ सदरमुकाम बेंसीसहरबाट २५ किलोमिटर दूरीमा पर्छ । यस ठाउँमा केही वर्षअघि समेत पहिरो गएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->