बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पुलाचौरका आमाहरुलाई भाषण कला तालिम

पुलाचौरका आमाहरुलाई भाषण कला तालिम


  • अमृत बास्कुने
  • चैत्र १८ २०८२, बुधबार

म्याग्दी/बेनी नगरपालिका–५ पुलाचौरका विभिन्न टोलहरुका आमाहरुले भाषण कला बढाउनका लागि तालिम लिएका छन् । गरिबसँग विश्वेश्वर कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित तालिममा पुलाचौरका आमाहरु सहभागि भएका हुन् ।

वडा कार्यालय पुलाचौरको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दीको प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको थियो । ५ नम्बर वडाको विभिन्न टोलमा क्रियाशील आमा समूहमा आबद्ध महिलाहरुको उद्घोषण तथा भाषणकला बृद्धि गरी दक्ष बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको वडा अध्यक्ष गोविन्द बानियाँले बताए ।

तालिममा उद्घोषण र भाषणकला सिकाएर व्यवहारमा उतार्ने र सहभागीहरुलाई आगामी दिनमा कार्यक्रम आयोजना तथा सञ्चालन गर्न सक्ने बनाउने लक्ष्य रहेको थियो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा, म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले तालिम दैनिक जीवनमा समेत व्यवहारिक हुने बताए । स्थानीयको चाहना र माग बमोजिम सचेतनामूलक विभिन्न किसिमका तालिम, गोष्ठीहरु सञ्चालन गरिएको वडा अध्यक्षको भनाई थियो ।

दुई दिनसम्म सञ्चालित तालिममा पुलाचौर क्षेत्रका ४५ जनाको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष गौतम, उपाध्यक्ष अमित विश्वकर्मा, सहसचिव प्रताप बानियाँ र पत्रकार कृष्णबहादुर कार्कीले तालिममा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->