पोखरा/ नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष तथा सल्लाहकार दीपेन्द्र श्रेष्ठ र पत्रकार सन्देश श्रेष्ठलाई पितृशोक परेको छ । उनीहरुका पिता भीमबहादुर श्रेष्ठको ८० वर्षको उमेरमा सुनसरीको इटहरीस्थित आफ्नै निवासमा आइतबार निधन भएको हो । उनी लामो समयदेखि नसासम्बन्धी रोगबाट पीडित थिए ।
महासंघले शोकसन्तप्त श्रेष्ठ परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । पुर्ख्यौली थलो झापा भए पनि श्रेष्ठ परिवार इटहरी बस्दै आएको थियो । स्वर्गीय श्रेष्ठका श्रीमती ३ छोरा र ३ छोरी छन् । उनको निधनप्रति नेपाल पत्रकार महासंघ कास्कीले गहिरो दुःख व्यक्त गरेको छ । महासंघले एक वक्तव्य जारी गर्दै यस्तो दुःखद् घडीमा दिवंगत श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेको जनाएको छ ।





