सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य

गण्डकी प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य


  • Dhorpatan News
  • चैत्र २३ २०८२, सोमबार
फाइल तस्विर

पोखरा/ गण्डकी प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लिराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन् ।

गण्डकी प्रदेश सभा सचिवालयका अनुसार २०८२ साल चैत २२ गते आइतबार राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य भएको हो । गण्डकी प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेश प्रमुखले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेको जानकारी दिएको छ ।

संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान र अन्त्य गर्ने चलन छ । प्रदेश सभाको हिउँदे अधिवेशन चैत ८ गते सुरु भएको थियो । यस अवधिमा केही बिधेयक पारित गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->