सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ओली र लेखकलाई हिरासतमा राख्न अब म्याद नथप्न सर्वोच्चको परमादेश

ओली र लेखकलाई हिरासतमा राख्न अब म्याद नथप्न सर्वोच्चको परमादेश

जिल्ला अदालत, काठमाडौंले तेस्रो पटक आइतबार पाँच दिनको म्याद दिएको छ। शनिबारदेखि लागू हुने गरी थपिएको म्याद बुधबार सकिँदै छ।

  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०८२, सोमबार

काठमाडौं / पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्नका लागि अब म्याद थप नगर्न सर्वोच्च अदालतले परमादेश दिएको छ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि सरकारका नाममा भने परमादेश जारी गरेको छ।

जिल्ला अदालत, काठमाडौंले तेस्रो पटक आइतबार पाँच दिनको म्याद दिएको छ। शनिबारदेखि लागू हुने गरी थपिएको म्याद बुधबार सकिँदै छ।

त्यसभित्र मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही अनुसार र हुन नसकेमा त्यसपश्चात जे जो गर्नु पर्ने हो गराउनु भनि सरकारका नाममा परमादेश जारी गरेको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->