शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

निसीखोलामा महिलाको शव फेला

निसीखोलामा महिलाको शव फेला


  • अनिष पाठक
  • चैत्र २४ २०८२, मंगलबार

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा एक महिला मृत भेटिएकी छन् । गाउँपालिकाको वडा नं. ४ जैथुम्काको उपल्लो निसी लघुजलविद्युत आयोजना परिसरमा महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी साहायक निरिक्षक तेजेन्द्र क्षेत्रीले जानकारी दिए ।

आयोजनाको ओभरफ्लोमा अन्दाजी ४५ वर्षिया महिलाको शब भेटिएको हो । शव पहिचान खुल्न सकेको छैन । पोष्टमार्टमको लागि बुर्तिबाङ अस्पताल पठाउने तयारीको गरिएको छ । घटनाको थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बुर्तिबाङ र हरिचौरको टोली घटनास्थलतर्फ जाँदै छ ।

निसीखोला–४ का वडाध्यक्ष टिकानिधी पौडेलले भने महिलाको शव निसिखोला वडा नं. ४ कै हुनसक्ने बताए । ‘‘शवलाई अहिलेकै अवस्थामा पहिचान गर्न नसकिएपनि आफ्नै वडाको भएको अनुमान आफन्त र हामीले गरेका छौं’’ पौडेलले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->