शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

निसीखोलामा मृत भेटिएकी महिला रेशम कुमारी

निसीखोलामा मृत भेटिएकी महिला रेशम कुमारी


  • अनिष पाठक
  • चैत्र २४ २०८२, मंगलबार

बागलुङ/आज बिहान बागलुङ पश्चिमको निसीखोला गाउँपालिका वडा नं. ४ मा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । निसीखोला दोस्रो लघुजलविद्युत विद्युतगृह नजिकै मृत भेटिएकी महिला ५७ वर्षिय रेशम कुमारी शाही भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी साहायक निरिक्षक तेजेन्द्र क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार निसीखोला–४ जार्पा निवासी ५७ वर्षिय शाही बोहोरागाँउमा काम सकेर घर फर्कने क्रममा लडेको हुन सक्ने प्ररम्भिक अनुमान गरिएको छ । आज बिहानसम्म पनि उनी घर नफर्किएपछि आफन्तले खोजी गर्दा विद्युतगृहको नालीमा मृत अवस्थामा रेशम कुमारी फेला परेकी हुन । उनको सनाखत गरी पोष्र्टमाटमको लागि शव अहिले बुर्तिबाङ प्रादेशिक अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->