शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ बजारमा ‘हाइमाष्ट बत्ती’ जडान

बागलुङ बजारमा ‘हाइमाष्ट बत्ती’ जडान


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८२, बुधबार

बागलुङ/बागलुङ बजारमा हाइमाष्ट बत्ती जडान गरिएको छ । ‘उज्यालो बागलुङ कार्यक्रम’अन्तर्गत बजारका मुख्य चोकमा हाइमाष्ट बत्ती जडान गरिएको हो ।

बागलुङ नगरपालिका वडा नं. १ को मालढुंगा प्रवेशद्वार, काली भगवती मन्दिर, वडा नं. २ को ट्राफिक चोक, धौलागिरि प्रादेशिक अस्पताल, धवलागिरि बहुमुखी क्याम्पस, लोकतान्त्रिक चोक, बजार क्षेत्र, वडा नं. ३ गुठीको चिप्लेटी बसपार्क र वडा नं. ४ उपल्लचौरस्थित एटिएम चोक र बागलुङ बसपार्कमा हाइमाष्ट बत्ती जडान गरिएको हो ।

जडान गरिएका बत्तीहरुको शुभारम्भ गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नागरिकलाई रातको समयमा आवातजावत गर्न सहजता हुनुका साथै व्यवसायिक क्षेत्रको सुरक्षामा हाइमास्ट बत्तीले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उज्यालो कार्यक्रमअन्तर्गत चिनबाट पोल र भारतबाट बत्ती ल्याईएको थियो । रिमोर्ट कन्ट्रोलबाट बत्ती बाल्न र निभाउन सकिनुका साथै चम्किलो र डिम गर्न पनि सकिन्छ । तत्काल बत्ती बालेबापतको महशुल नगरपालिकाले व्यहोरेपनि आगामी दिनमा टोल सुधार समिति र टोल विकास संस्थाले महशुल बुझाउने गरी योजना बनाइएको छ ।

‘‘टोल सुधार समितिबाट महशुल तिर्ने काम हुँदा संरक्षण र प्रर्वद्धनमा टेवा पुग्ने छ’’ श्रेष्ठले भने । बत्तीको मासिक २ हजार रुपियाँसम्म महशुल आउने जनाईएको छ ।

कुल ३६ लाख ८२ हजार ३ सय ४५ रुपियाँ लागतको ‘उज्यालो बागलुङ कार्यक्रम’मा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ३५ प्रतिशत रहेको छ । जसमा नगरपालिकाको कुल २३ लाख ९३ हजार ५ सय २४ रुपियाँ र मिटर जडान खर्च १ लाख ५२ हजारसहित नगरपालिकाको २५ लाख ४५ हजार ५ सय २४ रुपियाँ खर्च भएको छ ।

एक बत्ती जडानको ३ लाख ५० हजार रुपियाँ लागत रहेको छ । एउटा पोलमा ४ देखी ६ वटा २ सय वाटको हाईमाष्ट बत्ती जडान गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलिप मरासीनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->