शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

अर्जुननरसिंह केसीलाई उपसभापति शर्माको सुझावः ‘अब संसदीय दलको नेता होइन, राजनेता बन्नुस्’

अर्जुननरसिंह केसीलाई उपसभापति शर्माको सुझावः ‘अब संसदीय दलको नेता होइन, राजनेता बन्नुस्’

'हामीले उहाँलाई केवल कांग्रेसको मात्रै संसदीय दलको नेताका रूपमा होइन, सबै दलको साझा अभिभावकका रूपमा हेर्न चाहेका छौं’


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०८२, शुक्रबार

पोखरा / नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका पाका एवं अनुभवी नेता अर्जुननरसिंह केसीलाई राजनेता बन्न सुझाव दिएका छन् ।

नेपाली काँग्रेस गण्डकीले आज पोखरामा आयोजना गरेको निर्वाचन समीक्षा र काँग्रेसको अवको बाटो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले केसी अब दलको नेताबाट राजनेता बन्ने मार्ग अपनाउनु समयानुकूल हुने बताएका हुन् ।

शर्माले भने, ‘उहाँ (केसी) ले कांग्रेस संसदीय दलको नेता स्वयं बन्न चाहँदा हामीले हुन्न भन्न अप्ठ्यारो हुन्छ नै । त्यसैले हाम्रो अपेक्षा नेताको पदबाट राजनेता बन्ने मार्ग उहाँले अपनाउनु समयानुकूल हुन्छ ।’

‘२०४८ सालकै संसद्को अनुभवी व्यक्तित्व केवल अर्जुननरसिंह केसी मात्र हुनुन्छ िउहाँ सबैभन्दा ज्येष्ठ पनि हुनुन्छ । सबैभन्दा अनुभवी युवा ऊर्जा बोकेको योग्य व्यक्तित्व हुनुन्छ ित्यसैले हामीले उहाँलाई केवल कांग्रेसको मात्रै संसदीय दलको नेताका रूपमा होइन, सबै दलको एक साझा अभिभावकका रूपमा हेर्न चाहेका छौं,’ उनले भने ।

समानुपातिक कोटाबाट सांसद बनेका केसीले संसदीय दलको नेता बन्ने आकांक्षा राखेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->