शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कुँडुलेमा ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

कुँडुलेमा ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने


  • ढाेरपाटन संवाददाता
  • बैशाख १ २०८३, मंगलबार

बागलुङ/रंङ्गवैकटेश मन्दिर तिरुपती बालाजी धाम कुँडुले फेदीमा ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव संचालन हुने भएको छ । नयाँ वर्ष २०८३ को अवसरमा अगामी बैशाख ७ देखी ११ गतेसम्म शालग्राम महोत्सव संचालन गर्न लागिएको हो ।

भगवान लक्ष्मीनारायणको प्राण प्रतिष्ठा गरिएको तिथी ७ गतेदेखी ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव संचालन गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा शालग्राम संग्रहालयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए ।

महोत्सवअन्र्तगत प्रत्येक दिन सामुहिक गीता वाचन, भजनकिर्तन, कथा वाचन, रथयात्रा, नित्य दिपदान, १ सय ८ क्लस अभिषेक लगायतका कार्यक्रम गरिने स्वामी प्रपन्नाचार्यले बताए । उनका अनुसार शालग्राम र कालीगण्डकीको महिमाबारे समेत चर्चा गरिने छ । महोत्सवका संचालनका लागि अहिले संग्राहालय परिसर सरसफाई, तोरन टाँगने लगायतका कार्य तीव्र रुपमा भईरहेका छन् ।

सुरुङ निर्माण गरी संग्रहित गरिएका सवा लाख शालग्रामको दर्शन तथा अवलोकनका लागि पछिल्लो समय दैनिक रुपमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको भीड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->