सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरा १७ को आफ्नै भवनमा सेवा

पोखरा १७ को आफ्नै भवनमा सेवा

भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा क्रममा आन्दोलनकारीहरूले उक्त भवनमा समेत आगजनी र तोडफोड गरेका थिए । भवनको पछि पुनः मर्मत सम्भार गरिएको हो ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०८३, बुधबार

पोखरा/पोखरा महानगरपालिका वडा नं.१७ ले अब नयाँ भवनबाट सेवा दिने भएको छ ।

वडाले ३ करोड ८६ लाख १६ हजार ८९२ रुपैयाँ लागतमा नयाँ भवन बनाएको हो । भवनको भुइतल्ला ३०९.४७ वर्ग मिटर, पहिलो तल्ला ३०९.४७ वर्ग मिटर, दोस्रो तल्ला ३०९.४७ वर्ग मिटर र तेस्रो तल्ला ५४.१७ वर्ग मिटर गरी जम्मा ९८२.५८ वर्ग मिटर क्षेत्रफलको रहेको छ ।

भवन निर्माण कार्य २०८० आषाढ २८ गते सुरु गरी २०८२ असोज १० गते सम्पन्न भएको थियो । भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा क्रममा आन्दोलनकारीहरूले उक्त भवनमा समेत आगजनी र तोडफोड गरेका थिए । भवनको पछि पुनः मर्मत सम्भार गरिएको हो । भवनको मंगलबार पोखराका मेयर धनराज आचार्यले उद्घाटन गरे । हालसम्म पोखरा महानगरपालिकाका ३१ वटा वडा कार्यालयहरू आफ्नै भवनबाट सञ्चालनमा रहेका छन् भने २ वटा भने निर्माणको क्रममा रहेका छन् ।

नगर प्रमुख आचार्यले सुविधा सम्पन्न भवनबाट सेवाग्राहीहरूलाई छिटो छरितो, चुस्त र जबाफदेही सेवा प्रवाहमा जोड दिए ।

वडा अध्यक्ष राधिका शाही योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख मन्जुदेगी गुरुङ, नेपाली कांग्रेस दलका नेता दिवसमान प्रधानाङ्ग, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, वडा सदस्य विक्रम गुरुङलगायतले महानगर तथा वडा कार्यालयहरूको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने बताउँदै सुविधायुक्त पूर्वाधारको नतिजा सेवामा देखिनु पर्ने बताएका छन् ।

कार्यक्रमको सञ्चालन वडा सचिव सुरेन्द्र सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->