सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चलचित्र पत्रकार संघको भित्तेपात्रो

चलचित्र पत्रकार संघको भित्तेपात्रो


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०८३, बुधबार

पोखरा/चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो ।

कार्यक्रममा बोल्दै चलचित्र निर्देशक, निर्माता एवम् कलाकार माओत्से गुरुङले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि वर्षेनी गर्दै आएको सिनेमा संवाद कार्यक्रमको चर्चा व्यापक रहेको उल्लेख गरे ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्थागत विकाससँगै चलचित्र पत्रकारितालाई समेत बढ्वा दिने खालको कार्यक्रम गर्न सुझाए ।

पत्रकार महासंघ कास्कीकी अध्यक्ष माधव बरालले चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि नीतिगत पहलकदमी हुनुपर्ने र पत्रकारले त्यसतर्फ कलम चलाउनुपर्ने आवश्यकतालाई औंल्याए ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालले संघले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै भित्तेपात्रो विमोचन गरिएको जानकारी गराए । समय अनुसार प्रविधिको प्रयोग गर्दै चलचित्र पत्रकारितालाई समेत प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा स्वागत मन्तव्य चलचित्र पत्रकार संघ नेपाल कास्कीका उपाध्यक्ष गौरव त्रिपाठीले राखेका थिए भने संचालन सचिव सुरेश सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->