पोखरा / गण्डकी प्रदेशको मन्त्रिपरिषद आज फेरबदल हुने भएको छ । बुधबार दिउसो मन्त्रिपरिषद फेरबदल हुने भएको हो । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एमाले र काँग्रेसका सांसदहरुलाई सहभागी गराएर मन्त्रीपरिषद फेरवदल गर्न लागेका हुन् ।
नयाँ मन्त्रीको सपथ पौने १२ बजे पर्यटन बोर्डको कार्यालयमा गर्ने तयारी रहेको मुख्यमन्त्रीको कार्यालय श्रोतले जानकारी दिएको छ ।
एमालेले नयाँ मन्त्री परिषदमा प्रमुख सचेतक गोविन्द वहादुर नेपालीलाई भौतिक तथा यातायात मन्त्री र भीम कार्कीलाई स्वास्थ्य मन्त्रीमा पठाउने टुंगो लागेको छ । अन्य २ मा लक्ष्मण बहादुर पाण्डे र यशोदा रिमालको नाम कृषि र पर्यटन मन्त्रीमा पठाउने गरी टुंगो लागेको छ ।
कांग्रेसले अर्थमन्त्रीमा जित शेरचन, ऊर्जा जलस्रोत मन्त्रीमा नन्दप्रसाद न्यौपाने, सामाजिक विकासमा नम्डु गुरुङ र वन तथा वातावरण मन्त्रीमा रेखा गुरुङलाई टुंगो लगाएको छ ।





