सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकीका सबै मन्त्री फेरिए, कांग्रेस र एमालेलाई ४/४ मन्त्रालय

गण्डकीका सबै मन्त्री फेरिए, कांग्रेस र एमालेलाई ४/४ मन्त्रालय

विगतको सहमती अनुसार भागबण्डामा एमालेले ४ जना मन्त्री र कांग्रेसले ४ जना मन्त्री पाएको छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०८३, बुधबार

पोखरा /गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन्।

विगतको सहमती अनुसार भागबण्डामा एमालेले ४ जना मन्त्री र कांग्रेसले ४ जना मन्त्री पाएको छ ।

पुनर्गठित मन्त्रिपरिषदमा कांग्रेसबाट बागलुङका जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री र नम्डु गुरुङ वन तथा वातावरण मन्त्री बनेका छन् ।

यसअघि अर्थमा डा.टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा र वनमा भेषबहादुर पौडेल मन्त्री थिए । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए ।

एमालेबाट गोविन्द बहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण बहादुर पाण्डे स्वास्थ्य मन्त्री र भीम बहादुर कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेका छन् ।

यसअघि कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिकमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए । गण्डकीको मन्त्रिपरिषद् ९ सदस्यीय रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->