शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मोटरसाइकल दुर्घटनामा परी दुई गंभीर घाइते

मोटरसाइकल दुर्घटनामा परी दुई गंभीर घाइते


  • अनिष पाठक
  • बैशाख २ २०८३, बुधबार

बागलुङ/पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गंभीर घाइते भएका छन् । बुधबार साँझ बडिगाड गाउँपालिका वडा नं. ५ मा पर्ने मध्यपहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ का ३५ वर्षिय भक्त परियार र ३२ वर्षिय कृष्ण विक गम्भिर घाईते भएको बडिगाड वडा नं. ५ का वडा अध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिए ।

बडिगाड–५ को बालुवामा मजुरी गर्ने उनीहरु खौलार बजारबाट बालुवातर्फ जाँदै गर्दा लु ३० प ७७२१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको ग्वालीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सम्मर बहादुर लम्तरीले जानकारी दिए । गंभीर घाइते परियार र विकको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

प्रसनि लम्तरीका अनुसार, अनुसार तीव्र गतिमा गुडेको मोटरसाइकल अनियन्त्रि भई सडक नालीमा खेसेको थियो । घाइतेलाई स्थानीयबासी र प्रहरीको सहायतमा उद्वार गरी उपचारको लागि गलकोट नगर अस्पतालमा पठाईएको प्रसनि लम्तरीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->