आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

देउपुरकी १४ बर्सिया बालिका चार दिनदेखि बेपत्ता

देउपुरकी १४ बर्सिया बालिका चार दिनदेखि बेपत्ता


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०८३, बिहिबार

पर्वत/जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ बर्सिया रितिका जैसी चार दिनदेखि बेपत्ता भएकी छिन् ।

आफ्नो मामाघर पर्वतकै जलजला गाउँपालिकाको धाईरिङबाट आफ्नो घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन् । म्याग्दी पोखरा सडक खण्डबाट मोदी गाउँपालिकाको पातिचौर जानको लागि गाडीमा चढेको पाइएको छ । तर उनी बाटैमा रहेको पातीचौरमा नझरी कास्कीको पोखरा महानगरपालिका–२५ हेमजाको मिलन चोकमा झरेको पाइएको स्थानीय शिक्षक भूमिराज शर्माले बताए ।

झर्नुपर्ने ठाउँबाट करिब ३५ किलोमिटर अगाडि हेमजामा झरेसम्मको थाहा भएको भए पनि त्यसपछिको उनको अवस्था अज्ञात रहेको छ । स्थानीय जननेत्र माध्यमिक विद्यालयको कक्षा ८ उत्तीर्ण गरी अब ९ मा अध्ययन गर्न लागेकी जैसी घरकी जेठी सन्तान हुन् । उनका ३ भाइ छन् भने एक भाइ शारीरिक अपाङ्गताका कारण विद्यालय जान नसक्ने अवस्थामा छन् । कृषिमा आधारित परिवार पाल्नका लागि बुबाले सामान्य कृषि र ज्यालादारीमा काम गर्दै आइरहेका छन् ।

उनलाई भेटेमा वा शङ्कास्पद भएमा नजिकैको प्रहरीमा खबर गरेर आफ्नी छोरीलाई सम्पर्कमा ल्याइदिन परिवारले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->