आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आजबाट रोटरीको सम्मेलन

आजबाट रोटरीको सम्मेलन


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०८३, शुक्रबार

पोखरा/आजबाट पोखरामा रोटरी डिष्ट्रिक्ट ३२९२ को १८ औं डिष्ट्रिक्ट कन्फरेन्स सुरु हुँदैछ । वैशाख ६ गतेसम्म चल्ने सम्मेलनमा नेपाल र भुटानका गरी १५ सय रोटरियनले भाग लिँदैछन् ।

सम्मेलन सफल पार्न लक्ष्मी थापा गिरीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । विभिन्न २० उपसमितिले आ–आफ्नो जिम्मेवारीमा रहेर कार्यक्रम सभ्य र भव्य बनाउन लागिपरेको सम्मेलनका मूल समारोह समिति सचिव जयराम पौडेलले बताए ।

नयाँ वर्ष–२०८३ को सुरुवातसँगै हुने सम्मेलनमा विभिन्न विधामा नेपाल र विदेशका विज्ञहरुबाट रोटरीको सेवा क्षेत्रमा कार्यपत्र प्रस्तुत हुने प्रचार प्रसार समितिका संयोजक रवीन्द्र बास्तोलाको भनाइ छ ।

डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले यो उपस्थितिले पोखराको पर्यटनमा टेवा पुग्ने बताए । उनले रोटरीले सामाजिक सेवाअन्तर्गत विद्यालय भवन तथा कम्प्युटर ल्याब निर्माण, खानेपानीका आयोजना, छात्रवृत्ति प्रदान, विपत् व्यवस्थापन एवं राहत समेतमा निःशुल्क सहयोग गर्दै आएको जानकराी पनि दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->