आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

इलेक्ट्रिक क्लबको भित्तेपात्रो

इलेक्ट्रिक क्लबको भित्तेपात्रो


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०८३, शुक्रबार

पोखरा/पोखरा इलेक्ट्रिक क्लबले २०८३ सालको भित्तेपात्रो प्रकाशन गरेको छ । पात्रोको बिहीबार विमोचन गरियो ।

विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले युवालाई रोजगारीका अवसर सृजना अहिलेको आवश्यकता भएको बताए ।

विशिष्ठ अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा इलेक्ट्रिक क्लब उद्योग वाणिज्य संघको एक अंग भएको बताए । संघकी महासचिव शोभा गौतमले सीप सिक्नु भनेको स्वरोजगार हुनु र अर्कालाई रोजगारी दिनु रहेको बताइन् ।

क्लबका अध्यक्ष अमृत पोखरेलले संस्था निरन्तर रहने र त्यसमा पात्रहरू फेरिँदै जाने बताउँदै पदमा पुगेपछि आफ्नो औकात विर्सन नहुने धारणा व्यक्त गरे ।

क्लबका अध्यक्ष अमृत पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका कानूनी सल्लाहकार शुकदेव गौतम, महासचिव प्रकाश कटुवाल र सदस्य विष्णु बास्तोलालगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->