शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘युवालाई लागूपदार्थ दुव्र्यसनबाट बचाऔं’

‘युवालाई लागूपदार्थ दुव्र्यसनबाट बचाऔं’


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०८३, शनिबार

बागलुङ/लागूऔषध तथा कुलतमा लागेका युवाका लागि मनोपराशर्मा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सहभागिले समाजमा बढ्दो दुव्र्यसन हटाउन सबैको साझा अभियान संचालन गर्नुपर्ने औल्याइएको थियो ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको निर्धारित कार्यक्रमअन्र्तगत एकीकृत सेवा कार्यालयको समन्वयमा यो कार्यक्रम गरिएको हो । कार्यक्रममा विशेषगरी सरोकारवालाको भूमिका बढाउनुपर्ने निष्कर्ष निकालिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले समाजमा दुव्र्यसनी बढ्दा राज्यका निकाय, समाजका अगुवा, अभिभावक समेतलाई असर परेको बताए । त्यसका लागि अभिभावक शिक्षा, युवा तथा किशोरकिशोरीमा मनोपरामर्श, सचेतना अभियान संचालन गर्नुपर्ने बताए ।

त्यसबाहेक लागूपदार्थको दुव्र्यसनबाट समाजमा आइपर्ने समस्या, युवाहरुको भविष्यमा परेको असरबारे समयमा जानकारी दिने, लागूपदार्थ दुव्र्यसन र त्यसका लागि बजारमा जथाभावी बिक्री गरिने औषधी नियन्त्रण गर्ने र सवारी चालकलाई परीक्षण गर्ने सम्मको काममा प्रहरी र ट्राफिकको सक्रियता बढाउने समेत बताए ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक बसन्त पाण्डे, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन शाक्य लगायतले लागूपदार्थ दुव्र्यसन रोक्न सबैको साझा पहल आवस्यक भएको बताए । साथै त्यसका लागि मनोसामाजिक परामर्श नै आवस्यक भएको बताइएको थियो । पछिल्लो समय विद्यालय उमेरका बालबालिकामा भेपको प्रयोग बढेको, प्रतिबन्धित औषधीहरु लागूपदार्थको रुपमा दुरुपयोग भैरहेकोले त्यसतर्फ चासो बढाउन नसकेमा युवा पुस्ता बढी प्रभावित हुने बताइयो । पुर्व दुव्र्यसनीहरुका अनुसार अहिले पनि बागलुङ, पर्वत र म्याग्दीको सदरमुकाम आसपासमा मात्रै ५ सय बढी दुव्र्यसनी रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->