पोखरा / घाचोक माछापुच्छ्रे –पोखरा सम्पर्क समाजले प्रकाशन गरेको विसं २०८३ को भित्तेपात्रोको विमोचन गरिएको छ । साथै नयाँवर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा निवृत्त राष्ट्रसेवक समाज माछापुच्छ्रे गाउँपालिका समितिले प्रकाशन गरेको भित्तेपात्रो समेत लोकार्पण गरियो । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, घाचोक/माछापुच्छ्रे–पोखरा सम्पर्क समाजका अध्यक्ष तोयनाथ लम्साल र निवृत्त राष्ट्रसेवक समाजका अध्यक्ष हरिचन्द्र गौतमले भित्तेपात्रो लोकार्पण गरेका थिए ।
प्रमुख अतिथि प्रदेशसभा सदस्य गुरुङले आफ्नो जन्मथलो, जन्मेको स्थानको रितीथिति र परम्परालाई सदैव जहाँ रहेपनि विर्सन नहुने बताए । ‘आफ्नो जन्मस्थान र जन्मभूमिप्रतिको दायित्व जहाँ रहेपनि सदैव रहन्छ, समाजले आफ्ना सदस्यको दुःख र सुखमा सँधै साथमा रहेर काम गर्नुपर्छ’, गुरुङले भने । उनले सामाजिक संस्थामा राजनीति प्रवेश गर्न नहुनेमा जोड दिए । प्रदेशभा सदस्य गुरुङले नयाँवर्षमा देशमा सुशासन, समृद्धि र नयाँपुस्ताले उठाका मागहरु पूरा हुने विश्वास व्यक्तसमेत गरे ।
सम्पर्क समाजका अध्यक्ष तोयनाथ लम्सालले स्थापनाको छोटो समयै समाजले धेरै सृजनशील काम गरेको बताउँदै समाजका सदस्यहरुको दुःख सुःखमा सँधै साथमा रहेर काम गर्दै आएको सुनाए । ‘हामी काम गर्दै छौँ, जोडिदै छौँ, सबैलाई समाजको महत्व बुझाउँदैछौँ । आआफ्नो व्यवस्ताकाबीचमा समेत समाजलाई थोरै समय दिएर कार्ययोजना बनाएर काम गरिरहेका छौँ,’ उनले भने ।
कार्यक्रममा निवृत्त राष्ट्रसेवक समाजका कास्कीका इन्चार्ज तथा माछापुच्छ्रेका संयोजक पूर्ण गिरी, अध्यक्ष हरिचन्द्र गौतम, वरिष्ठ समाजसेवी नन्दकुमारी गुरुङ, घाचोक/ माछापुच्छ्रे– पोखरा समाजका सल्लाहकार मिनप्रसाद लम्साल लगायतले नयावर्षको शुभकामना व्यक्त गर्दै समाजका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका थिए ।
समाजका प्रथम उपाध्यक्ष महेश्वर पोखरेलले स्वागत गरेकाे कार्यक्रमको सञ्चालन समाजका सचिव जगत गुरुङ गरेका थिए । कार्यक्रममा समाजका सल्लाहकार मिनराज लम्साल, माछापुच्छ्रे–३ का का संस्थापक वडाध्यक्ष सूर्यप्रसाद लम्साल, समाजका पदाधिकारी तथा सदस्यहरु तथा निवृत्त राष्ट्रसेवक समाजका सदस्यहरुको उपस्थिति रहेको थियो ।





