शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्थापना दिवशमा नेविसंघले बाँड्यो फलफूल र खाद्यान्न

स्थापना दिवशमा नेविसंघले बाँड्यो फलफूल र खाद्यान्न


  • ढाेरपाटन संवाददाता
  • बैशाख ६ २०८३, आइतबार

बागलुङ/नेपाल विद्यार्थी संघको स्थापना दिवशमा बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । २०२७ बैसाख ६ गते कांग्रेस निकट विद्यार्थीहरुको संगठन स्थापना भएको थियो ।

स्थापना दिवशमा नेविसंघ बागलुङ र धौलागिरि बहुमुखी क्यामपस इकाइ समितिले अस्पतालका बिरामीलाई फलफूल, मानवसेवा आश्रममा खाद्यान्न बितरण वितरण गरेको हो । आइतबार विद्यार्थीहरुले अस्पतालमा पुगेर बिरामीलाई फलफूल बितरण गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको नीतिलाई विद्यार्थीले पनि अंगिकार गर्दै जाने नेताहरुले बताए ।

उनीहरुले मानवसेवा आश्रममा आश्रितलाई खाद्यान्न दिएर विद्यार्थीहरु राजनीतिक दलको भाृत संगठन मात्र नभइ दुःखमा साथ दिने समूह पनि भएको बताए ।

नेविसंघले नै सोमबार धौलागिरि बहुमुखी क्याम्पसका विद्यार्थीलाई कलम र डायरी बितरण गरेर आफ्ना लेख रचना लेख्न लगाउने भएको नेविसंघ धौलागिरि बहुमुखी क्याम्पसका इकाई कार्यबहाक अध्यक्ष सचिन हरिजनले बताए । कार्यक्रमलाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव हरिहर शर्माले साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->