पोखरा/अनुपम म्युजिक, पोखराको आयोजनामा विद्यार्थीहरूका लागि सञ्चालित १५ दिने उद्घोषण, भाषणकला तथा हस्तलेखनसम्बन्धी तालिम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संस्कृतिकर्मी ताराबहादुर गुरुङले यस्तो खालको तालिमले बालबालिकाहरूको व्यक्तित्व विकासमा सघाउने बताए ।
अनुपम म्युजिक, पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीले विद्यार्थीहरूलाई सहज र सरल तबरले सिक्ने र सिकाउने वातावरण तयार पार्नका लागि कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए ।
सञ्चारकर्मी तथा साहित्यकार रुपिन्द्र प्रभावीले १५ दिनमा विद्यार्थीहरूमा आएको परिवर्तनले भविष्यका असल नागरिक तयार भएको विश्वास व्यक्त गरे । कार्यक्रममा होटेल सङ्घ, पोखराका अध्यक्ष दीपक श्रेष्ठ, हस्तलेखन प्रशिक्षक कृतिका कठायत, अनुपमा अधिकारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।





