आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लक्ष्मी आदर्शमा विद्यार्थीद्धारा शिक्षक सम्मान

लक्ष्मी आदर्शमा विद्यार्थीद्धारा शिक्षक सम्मान


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०८३, आइतबार

पोखरा/पोखरा २७ को शिशुवामा रहेको लक्ष्मी आदर्श माविमा अध्यानरत २०४२ देखि २०४४ ब्याजका विद्यार्थीवाट शिक्षकहरुलाई सम्मान गरिएको छ ।

नयाँ वर्ष २०८३ सालको अवसर पारेर २०४२ देखि २०४४ सालसम्म अध्ययनरत भूपू विद्यार्थीबीचको पुनर्मिलन,शुभकामना आदान प्रदान एवम् सोही समयमा विद्यालयमा कार्यरत आदरणीय गुरुहरुलाई विशेष सम्मान गरिएको हो ।

विद्यालयमा अध्यानरत रहदा शिक्षकहरुले देखाएको सद्भाव, माया, प्रेरणा र यदाकदा हप्कीदप्कीले आज निखारिएर सुखद जीवन जिउन सहज भएको भन्दै भूपू विद्यार्थीहरुरुको पहलमा सम्पर्कमा रहेका १९ जना गुरुहरुलाई सन्मान गरिएको हो ।

गुरुहरु मध्येका जेष्ठ गुरु सोमनाथ पौडेलले कार्यक्रमको उद्घाटन गर्दै असल मार्गदर्शनले जो कोहीलाई पनि सफलतातर्फ उन्मुख गर्ने वताएका थिए । सो समूहका विद्यार्थीहरुमध्येका सक्रिय विद्यार्थी सूर्यमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विष्णुप्रसाद तिवारी राखेका थिए ।

भूपूविद्यार्थी प्रयागराज भण्डारीले सञ्चालन गरेको कार्यक्रममा वर्तमान विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा पूर्वशिक्षक चतुराखर अधिकारी, शिक्षक बाबुराम सुवेदी, पोखरा महानगरपालिका वडा नम्वर २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ र पोेखरा – ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतले समयसमयमा भूपू विद्यार्थीबीच पुनर्मिलन कार्यक्रम राख्नु पर्ने सुझाव दिएका थिए ।

उत्त अवसरमा गुरु सोमनाथ पौडेल,नरनारायण पौडेल,वेदनाथ ढुङ्गाना,चतुराखर अधिकारी ,पोष्टराज ढुङ्गाना,बाबुराम सुवेदी,कोमलनाथ बराल,तुलसी राम लामिछाने, गोविन्द आचार्य, गोविन्दमणि भण्डारी, सोमलाल तिवारी, बुुद्धिसागर जमरकट्टेल, तिलकशाली अधिकारी, रामचन्द्र पौडेल, कालिदास सुवेदी, रामचन्द्र पौडेल, रामजी प्रसाद लामिछाने, लक्ष्छमण लामिछाने, विणुमाया शाहि पौडेललाई दोसल्ल्ला तथा सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->