शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लक्ष्मीनारायण मन्दिरको शताब्दी वर्ष मनाइँदै

लक्ष्मीनारायण मन्दिरको शताब्दी वर्ष मनाइँदै


  • ढाेरपाटन संवाददाता
  • बैशाख ७ २०८३, सोमबार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ३ नारायण चोकमा रहेको एक सय वर्ष पुरानो लक्ष्मी नारायण मन्दिरले शताब्दी वर्ष मनाउने भएको छ । आइतबार पत्रकार सम्मेलन गरेर मन्दिर व्यवस्थापन समितिले शताब्दी वर्ष मनाउनेबारे जानकारी गराएको हो ।

वि.सं १९८३ साल बैसाख ७ गते अक्षय तृतियाको दिन स्थापना भएको यो मन्दिर बनेको एकसय वर्ष पुरा भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीका अनुसार सोमबार लक्ष्यवर्ती दिप प्रज्वलन, भजनकिर्तन, विशेष पुजासहितका कार्यक्रम गरिनेछ ।

उक्त समयमा स्वर्गिय टेक नारायण भारीले भेला गरेर १ हजार ३ सय ६२ रुपैयाँ जम्मा गरेर यो मन्दिर निर्माण गर्न लगाएको शिलालेखमा उल्लेख छ । उक्त पैसाले मन्दिर बनाएपछि गहतेमा १६ रोपनी जमिन किनेर मन्दिर संचालनका लागि खेती गर्न थालिएको थियो । उक्त जग्गाको अन्नबाट मन्दिरमा आउने महन्तहरुलाई भोजन गराउने गरिएको थियो । त्यस्तै १ रोपनी ५ आना जग्गा छुट्टै व्यवस्थापन गरर पुजारी पिताम्बर शर्मालाई राखिएको थियो । उक्त जग्गा पुजारीले कमाउन पाउने व्यवस्थापन गरिएको थियो । अहिले पनि शर्माका नातीले यहाँ पुजा गर्दै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीले बताए ।

यो मन्दिर व्यवस्थापन समितिले उक्त जग्गा बढाएर अहिले २२ रोपनी बनाएको छ । अहिले पनि यो मन्दिर व्यवस्थापन समितिले जग्गाबाट वार्षिक ९० हजार रुपैयाँ भाडा उठाएर पूजा व्यवस्थापन, जात्राको खर्च तथा रथयात्रा समेत गराउने गरेको छ ।

वर्षमा २ पटक हरिबोधिनी एकादशी र श्रीकृष्ण जन्माष्टमीमा लक्ष्मीनारायणको रथयात्रा गरिन्छ । त्यस बाहेक नेवारी परम्पराका गाइजात्रा, हनुमान नाँच, बास्सा नँच लगायतका सबैखाले क्रियाकलापमा यो मन्दिरमा पूजा गरेर मात्र जात्रा शुरु गरिन्छ ।

बागलुङमा गीत संगीतको विकास गर्ने काममा पनि यो मन्दिरको भूमिका अग्रणी रहेको स्थानीयले बताए । मन्दिर स्थापनापछि भारतबाट आएका उक महन्तले हारमुनियम र मादल बजाउन सिकाएपछि स्थानीयमा गीत संगीतको रुची बसेको स्थानीय हरेराम भारीले बताए । उनका अनुसार, पछिल्लो समय भने बागलुङका धेरै जनामा गीत संगीतको रुची बढेपछि बाध्यबाजनका सामाग्री किनेर ल्याउने चलन बसेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->