आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भूपदेव बने रास्वपाको महामन्त्री, सचिवालयमा को को ?

भूपदेव बने रास्वपाको महामन्त्री, सचिवालयमा को को ?

प्रवक्ता झाका अनुसार सभापति रवि लामिछानेले सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव गरेका थिए ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०८३, सोमबार

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह चयन भएका छन् । सोमबार बसेको केन्द्रीय समितिको बैठकले शाहलाई महामन्त्री चयन गरेको हो। पार्टी सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउन प्रस्ताव गरेका थिए। केन्द्रीय समिति बैठकले उक्त प्रस्ताव पारित गरेको प्रवक्ता मनीष झाले बताए।

यसैगरी, रास्वपाले सचिवालय पनि विस्तार गरेको छ । सभापति लामिछानेको प्रस्तावमा दुई जना सदस्य थप गरिएको हो । प्रवक्ता झाका अनुसार सभापति रवि लामिछानेले सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव गरेका थिए ।

उक्त प्रस्ताव बैठकबाट पारित भएको प्रवक्ता झाले जानकारी दिए । यो सँगै रास्वपाको सचिवालय संख्या १६ पुगेको छ । यसअघि रास्वपा सचिवालयमा १४ जना सदस्य थिए ।

यी हुन् रास्वपा सचिवालय सदस्य:

रवि लामिछाने– सभापति

स्वर्णिम वाग्ले– उप सभापति

कविन्द्र बुर्लाकोटी– महामन्त्री

भूपदेव साह– महामन्त्री

विपिन आचार्य– सहमहामन्त्री

लिमा अधिकारी– कोषाध्यक्ष

वसु माया तामाङ– सहकोषाध्यक्ष्य

मनिष झा– प्रवक्ता

गणेश पराजुली– सचिवालय सदस्य

दिपक बोहरा– सचिवालय सदस्य

बिराज भक्त श्रेष्ठ– सचिवालय सदस्य

शिशिर खनाल– सचिवालय सदस्य

सोबिता गौतम– सचिवालय सदस्य

हरि ढकाल– सचिवालय सदस्य

सागर ढकाल– सचिवालय सदस्य

सरिता श्री ज्ञवाली– सचिवालय सदस्य

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->