पोखरा/गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई गएको चैत महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।
एसपी कार्कीको नेतृत्वमा पोखराको मुख्य बजार सभागृहचोकबाट शिवालय चोक जाने गल्लीमा भएको हत्याकाण्डको अनुसन्धानमा उनले देखाएको कार्यकुशलताको मूल्याङ्कन गर्दै सम्मानित गरिएको डीआइजी दीपेन्द्र घर्ती क्षेत्रीले जानकारी दिएका छन् ।
चैत २५ गते ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्यामा संलग्नहरुलाई एसपी कार्की नेतृत्वको कास्की प्रहरीले २४ घण्टाभित्रै पक्राउ गरेको थियो ।





