शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

बागलुङ नगरपालिका–७ को वडा भवन उद्घाटन

बागलुङ नगरपालिका–७ को वडा भवन उद्घाटन

नगरप्रमुख बसन्तकुमार श्रेष्ठले स्थानीय सरकार गठनपछि पूर्वाधार विकासले गति लिएको उल्लेख गर्दै जनतालाई सहज, छिटो र प्रभावकारी सेवा प्रवाह गर्न भौतिक संरचना महत्वपूर्ण आधार भएको बताए । आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार गर्ने र सुशासन दिने बताए ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८३, मंगलबार

बागलुङ/हालै निर्माण सम्पन्न भएको बागलुङ नगरपालिका वडा नं. ७ को कार्यालय आफ्नै भवनमा सरेको छ । सोमबार कालीमाटीस्थित वडा कार्यालयको भवन नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले संयुक्त रूपमा उद्घाटन गरे ।

भवन उद्घाटन गर्दै श्रेष्ठले सबै वडा र कार्यालय स्मार्ट भए सेवा पनि स्मार्ट हुने बताए । उनले नयाँ भवनमा बसेर काम गर्ने कर्मचारीले सोच पनि नयाँ बनाएर जनताको सेवामा समर्पित बन्न आग्रह गरे ।

श्रेष्ठले स्थानीय सरकार गठनपछि पूर्वाधार विकासले गति लिएको उल्लेख गर्दै जनतालाई सहज, छिटो र प्रभावकारी सेवा प्रवाह गर्न भौतिक संरचना महत्वपूर्ण आधार भएको बताए । आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार गर्ने र सुशासन दिने बताए ।

उपप्रमुख खड्काले स्थानीय तहको सुदृढीकरणका लागि भौतिक पूर्वाधारसँगै जनशक्ति र व्यवस्थापन पक्ष पनि उत्तिकै महत्वपूर्ण हुने बताए ।

नगरपालिकाको पहिलो चरणमा २५ लाख र दोस्रो चरणमा १५ लाख गरी ४० लाख रुपैयाँको लागतमा वडा कार्यालय निर्माण गरिएको वडा अध्यक्ष मेघनाथ शर्माले बताए । शर्माका अनुसार भवन निर्माणसँगै वडावासीलाई सेवा लिन सहज भएको र कर्मचारीहरूलाई पनि व्यवस्थित वातावरणमा काम गर्न पाउने अवस्था सिर्जना भएको बताए ।

भवनमा सेवा कक्ष, बैठक कक्ष तथा आवश्यक प्रशासनिक संरचना समावेश गरिएको छ । यसले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा रहेको वडा अध्यक्ष गैरेले जानकारी दिए ।

सहभागीहरूले नयाँ भवनले वडा स्तरको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै यसको दीर्घकालीन सदुपयोगमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->