पोखरा/पोखरा १९ मा विशाल शिलाबाट निर्माण गरिएको वजरंगबली संकटमोचन महावीर अहिरावण वधकारी पञ्चमुखी पवनपुत्र हनुमानजीको मूर्तिमा प्राणप्रतिष्ठा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले उक्त मूर्तिमा प्राण प्रतिष्ठा गरेका हुन् ।
विशाल शिलामा कुँदिएको वजरंगबली हनुमानको मूर्ति पोखरा १९ काउरेमा स्थापना गरिएको हो । उक्त स्थानलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यसहित हनुमानको मूर्ति स्थापना गरिएको हो ।
सो अवसरमा दुर्गा पञ्चायन मन्दिरदेखि विशाल शोभा यात्रा, लक्ष्यदिप प्रज्ववलन, हवन, रुद्री तथा अन्य विधिका साथ पूजाआजा लगायतका कार्यक्रमहरू गरिएका छन् ।





