शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कुँडुलेमा ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव

कुँडुलेमा ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८३, मंगलबार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ कुँडुले फेदीस्थित श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा श्री रंङ्गवैकदेश मुक्तिनायाण भगवानको ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव शुरु भएको छ । सोमबारदेखी शुरु महोत्सवको पहिलो दिन विधिवत पुजाअर्चना गरी सामुहिक श्रीमद्भागवत गिता वाचन शुरु गरिएको छ ।

कर्मयोग, ज्ञानयोग र भक्तियोगको माध्यमबाट आध्यात्मिक चेतना जगाई समाजलाई अनुशासित र मर्यादित बनाउनका लागि यस पटकको महोत्सवलाई गितामय बनाउन लागिएको शालग्राम सङ्ग्रहालयका परिकल्पनाकार तथा संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले बताए । अध्यात्मप्रतिको अविश्वास र व्यस्त जीवनशैलीले निम्त्याउने तनाव व्यवस्थापनका लागि पनि गिताज्ञान आवश्यक हुने स्वामी प्रपन्नाचार्यले बताए ।

महोत्सव अवधिभर सामुहिक गिता पाठ, भजनकिर्तन, कथावाचन, शालग्राम र कालिगण्डकीबारे चर्चा र रथयात्रा गरिने स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए ।

सुरुङ निर्माण गरी संग्रहित गरिएका सवा लाख शालग्रामको दर्शन तथा अवलोकनका लागि पछिल्लो समय दैनिक रुपमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको भिड लाग्ने गरेको छ । बाघको मुखाकृति निर्माण गरी एउटा गुफामा संग्रहित गरि राखिएका सवा लाख शालग्राम र दामोदरकुण्डदेखी त्रिवेणीधाम सम्मका महत्वपुर्ण तिर्थस्थलबारे नामाकरण गरिएको सङ्ग्रहालय धार्मिक पर्यटकको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ ।

केही दिनअघि मात्र दिल्लीको अक्षरधामबाट आएका स्वामी मुनिवत्सलसहित ५ सयबढी भारतीय तिर्थयात्रीले एकैदिन शालग्राम सङ्ग्रहालयको दर्शन गरेका थिए । गत आर्थिक वर्षमा एक लाखभन्दा बढी पर्यटकले शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->