आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कारागारबाट भागेका फरार प्रतिवादी पोखराबाट पक्राउ

कारागारबाट भागेका फरार प्रतिवादी पोखराबाट पक्राउ


  • ढाेरपाटन संवाददाता
  • बैशाख ८ २०८३, मंगलबार
फाइल तस्विर

पोखरा/ लागू औषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहँदा कारागारबाट फरार भएका एक प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन बस्ने ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङ रहेका छन्। प्रहरीका अनुसार गुरुङ गत भदौ २४ गते भएको ‘जेन्जी आन्दोलन’ को क्रममा कारागारबाट भागेका थिए।

वडा प्रहरी कार्यालय बैदामको टोलीले उनलाई पोखरा–६ डिगोपाटन क्षेत्रबाट हिजो (वैशाख ७ गते) पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप कारबाहीका लागि कास्की कारागारमा बुझाइएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->