आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लेकसाइडमा पर्यटकलाई सास्ती दिने ३ महिला पक्राउ

लेकसाइडमा पर्यटकलाई सास्ती दिने ३ महिला पक्राउ


  • ढाेरपाटन संवाददाता
  • बैशाख ८ २०८३, मंगलबार

पोखरा/ पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा रातिको समयमा पर्यटकहरूलाई अनावश्यक दुःख हैरानी दिने तथा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जना महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष प्रहरी टोलीले मंगलबार बिहान साढे २ बजेको समयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। लेकसाइड क्षेत्रमा रातिको समयमा महिलाहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई विभिन्न प्रलोभन देखाउने, अनावश्यक हैरानी दिने, लुटपाट गर्ने र अनैतिक क्रियाकलापमा संलग्न हुने गरेको भन्दै व्यापक जनगुनासो आएपछि प्रहरीले आफ्नो निगरानी बढाएको थियो। यस्तै आरोपममा प्रहरीले केही दिन अघिमात्र १६ युवतीलाई पक्राउ गरेको थियो ।

कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार नियन्त्रणमा लिइएका ती महिलाहरूमाथि आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->