आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कास्की प्रहरीको निशानामा टोलेगुण्डा र दुर्व्यसनी

कास्की प्रहरीको निशानामा टोलेगुण्डा र दुर्व्यसनी


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८३, शुक्रबार

पोखरा/गृहमन्त्री सुधन गुरुङको राजीनामासँगै गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहको काँधमा छ । प्रधानमन्त्री स्वयंले गृह मन्त्रालय सम्हालेकै दिन कास्की प्रहरीले चाहिँ स्वीप (बढार्ने) अपरेसन सुरु गरेको छ ।

कास्की प्रहरीका अनुसार बुधबार साँझ ९ बजेदेखि बिहान ६ बजेसम्मको बढार्ने अभियानमा जिल्ला प्रहरी कार्यालयसहित मातहतका सबै प्रहरी कार्यालयको १ सय जना जनशक्ति खटाइयो । प्रहरीले सो उपक्रममा लागुऔषध बिक्री– बितरण एवं दुव्र्यसनी, टोलेगुण्डा, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिँड्नेहरुलाई नियन्त्रणमा लियो ।

सडकमा खटिएको प्रहरीको अपरेसनमा रातमा शंकास्पद तरिकाले हिँडेनहरु पनि परे । कास्की प्रहरीले सो अभियानको क्रममा १२२ जनालाई नियन्त्रणमा लिँदा पोखराको वडा नम्बर १ देखि ५ भित्र पर्ने कसेरी, बागलुङ बसपार्क, भैरवटोल, महेन्द्रपुल, लब्ली डाँडा र पस्र्याङ क्षेत्रबाट ९ जना परे ।

त्यस्तै मुख्य पर्यटकीय क्षेत्र लेकसाइड, ड्यासाइड, गैराको चौतारा क्षेत्रबाट ३५ जना समातिए भने पोखरा ८ बगालेटोल, शिवालयचोकतिरका ६ जना प्रहरी नियन्त्रणमा आए ।

पोखरा ९ र १० मा पर्ने पृथ्वीचोक, रंगशाला, बुद्धचोक, अस्पताल चोकबाट २० जना, पोखरा ११, १२ र १३ मा रहेको तुल्सीघाट, सितलादेवी, काहुँडाँडा, काहुँखोलाबाट ८ जना, पोखराको एयरपोर्ट र रामबजार क्षेत्रबाट १५ जना, बाटुलेचौर÷लामाचौरबाट २ जना, पोखरा १८ मेथ्लाङबाट २ जना, लेखनाथ भनेर चिनिने रिठेपानी क्षेत्रबाट ६ जना, सोही क्षेत्रमा पर्ने भण्डाराढिक, सैनिकबस्तीबाट १२ जना,पोखरा ३२ राजाचौताराबाट ३ जना, माछापुच्छे« गाउँपालिका क्षेत्रबाट ३ जना र अन्नपूर्ण गाउँपालिका क्षेत्रबाट १ जना पक्राउ परेका छन् ।

कास्की प्रहरीले यो अभियान निरन्तर जारी रहने र टोलेगुण्डा, लागुऔषध सेवनकर्ता, सवारी साधनको स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गर्नेउपर कारवाही गरिने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->