आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पूर्वराजा ज्ञानेन्द्र पोखरामा

पूर्वराजा ज्ञानेन्द्र पोखरामा


  • ढाेरपाटन संवाददाता
  • बैशाख ११ २०८३, शुक्रबार

पोखरा/  पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार पोखरा आइपुगेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उनलाई समर्थकहरुले बाजागाजासहित स्वागत गरे ।
समर्थकहरुले ‘राजा आउ, देश बचाउ’ भन्दै गणतन्त्र विरूद्ध नारा समेत लगाएका थिए ।

लोकतन्त्र दिवसकै दिन पूर्वराजा शाह पोखरा भ्रमणमा आएका हुन् । उनी पोखरामा नवनिर्मित सोल्टी होटलमा बस्ने छन् । कम्तीमा दुई हप्ता शाह पोखरामा रहनेछन् । यसक्रममा उनले विभिन्न स्थान अवलोकन गर्ने र भेटघाट गर्ने कार्यक्रम छ । ज्ञानेन्द्र शाहको पोखरा भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले पूर्वराजाको यसपटकको भ्रमणबाट राजनीतिक हिसवाले सन्देश दिने भएकाले अर्थपूर्ण रहेको बताए ।

२०८१ माघ २७ गते पोखरा भ्रमणमा आएका ज्ञानेन्द्र २ साता बसेर फर्किँदा राजावादीहरुले काठमाडौं विमानस्थलमा ठूलो शक्ति प्रदर्शन गर्दै स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->