बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

सामाजिक विकास मन्त्रालयद्वारा १४ युवा सम्मानित

सामाजिक विकास मन्त्रालयद्वारा १४ युवा सम्मानित


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८३, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले विभिन्न क्षेत्रमा योगदान पु¥याएका १४ जना युवालाई सम्मान गरेको छ ।

गण्डकी प्रदेशस्तरीय युवाप्रतिभा सम्मानबाट बिहिबार १४ जना युवाहरुलाई सम्मान अर्पण गरिएको हो । गण्डकी प्रदेशमा रहेर कृषि, कला, उद्यम, सञ्चार, अध्ययन अनुसन्धान लगायत क्षेत्रमा योगदान पु¥याएका ४० वर्ष मुनिका युवाहरुलाई नगदसहित सम्मान गरिएको हो ।

सम्मानित हुनेमा सञ्चार क्षेत्रबाट अन्नपूर्ण एफएमकी कविता श्रेष्ठ, अध्ययन अनुसन्धानको क्षेत्रबाट डा. राजकुमार थापा, स्वास्थ्य क्षेत्रबाट डा शिशिर देवकोटा, शिक्षा क्षेत्रबाट अग्निधर भुषाल, युवा सशक्तिकरण तथा नेतृत्व बिकास क्षेत्रबाट पवन भूर्तेल, कलाक्षेत्रबाट ज्योति गुरुङ र हेमकान्ति गुरुङ, खेलकुद बाट रेखमाया गुरुङ, गीत संगीत क्षेत्रबाट सन्तोष बस्याल, सूचना प्रविधि तथा उद्यमशीलताबाट महेश गौतम, उद्यमशीलता र पर्यटन प्रवर्दन तर्फ अर्जुन भण्डारी, सामाजिक विकास तथा सुधारको क्षेत्रबाट सौगात वाग्ले, उद्यमशीलता तथा रोजगारीको क्षेत्रबाट दीपक कार्की तथा समाजसेवा र स्वयमसेवाको क्षेत्रबाट अंशु शेर्पा रहेका छन् ।

उनीहरुलाई सामाजिक विकास युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, सचिव डा. शेषनारायण पौडेल, उपसचि घनश्याम पौडेल लगायतले सम्मान गरे । पुरस्कारका लागि मन्त्रालयले खुल्ला गरेको आवेदनमा कुल १६ जनाको आवेदन परेपनि १४ जना छनौट भएको प्रस्ताव मुल्याङ्कन समितिका संयोजक घनश्याम पौडेलले जानकारी दिए ।
मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले युवा उमेरले होईन सोचले निर्धारण गर्ने बताए । युवामा सकारात्मक सोच, सिर्जनशीलता, अनुशासन, ईमान्दारीता हुनुपर्ने बताए ।

कार्यक्रममा सम्मानितहरुको तर्फबाट गण्डकी विश्वविद्यालयका उपप्राध्यापक समेत रहेका डा. राजकुमार थापा र सञ्चारकर्मी कविता श्रेष्ठले बोलेका थिए । कार्यक्रमको सञ्चालन नारायण प्रसाद बास्तोलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->