पोखरा/ पोखरा– १८ खपौंदीस्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको शुक्रबार ज्यान गएको छ । आज बिहान करीव सवा ११ बजेको समयमा खपौंदीका १० वर्षीय बालक आरेस लामा तालमा पौडेी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
उनी बेपत्ता भएको सूचना पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका गण मालेपाथनबाट सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमाण्डमा ७ जनाको गोताखोरसहितको टोली घटनास्थल पुगेको थियो । लामाको खोजीको क्रममा करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उद्धारपछि उनलाई तत्काल उपचारका लागि पश्चिममाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा उपचारको क्रममा दिउँसो १२.१५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।





