आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

श्रीमानको किर्ते सहीछाप गरी बैंकबाट ५० लाख निकालेपछि …

श्रीमानको किर्ते सहीछाप गरी बैंकबाट ५० लाख निकालेपछि …


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८३, सोमबार

पर्वत/श्रीमानको किर्ते सही छाप गरी ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरू पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनकी ४४ बर्सिया वन्ती शाही र सुर्खेतको चौकुने गाउँपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–१० बुद्ध चोकमा बस्दै आएका ४४ वर्षीय भद्र थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार वन्तीका श्रीमान् मोहन बहादुर शाहीको नाममा पोखरा महानगरपालिका–३० मा दुई ओटा कित्ता रहेको जग्गा छ । कित्ता नं. २४४४ र २४४७ को उक्त जग्गालाई मोहनकी श्रीमती वन्ती र अर्का व्यक्ति भद्र मिलेर मोहनको सहीछाप किर्ते गरे ।

सोही जग्गालाई राखेर सिद्धार्थ बैङ्क लिमिटेड शाखा कार्यालय ताल चोक कास्कीमा धितो बन्धकमा राखेर ५० लाख रुपैयाँ निकालेको जाहेरी कास्की प्रहरीमा प¥यो । सोही आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले गत वैशाख २५ गते वन्ती र भद्रबहादुरलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि अनुसन्धानको लागि कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->