बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

जल्धारेकोे साधारण सभा

जल्धारेकोे साधारण सभा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८३, आइतबार

पोखरा/पोखरा २६ मा रहेको जल्धारे टोल बिकास संस्थाले शनिबार २१ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एबं पोखरा २६ का वडा सदस्य सुदीपराज ढुङगानाले टोल विकास भनेको समाजका ऐना र वडाले अगाडि बढाउने विकासे अभियानका सहयात्री भएको बताए ।

संस्थाका अध्यक्ष महेन्द्र ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जल्धारे जेष्ठ नागरिक दिवा सेवा केन्द्र का अध्यक्ष मनोहरी ढुङ्गाना, संस्थाका पूर्वअध्यक्ष सीता पाठक ढुङ्गाना, सल्लाहकार इन्द्रप्रसाद ढुङ्गाना, सल्लाहकार लेखनाथ ढुङ्गानालगायतले संस्थाको विकास र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा धारणा राखेका थिए ।

साधारण सभाले संस्थाका कोषाध्यक्ष विवेक ढुङ्गानाको आर्थिक र सचिव महादेब ढुंगानाको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->