शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

आर्थिक अनुशासनमा महाशिला उत्कृष्ट, बेरुजु शून्य

आर्थिक अनुशासनमा महाशिला उत्कृष्ट, बेरुजु शून्य

गाउँपालिकाको आय तथा व्ययतर्फ कुल ७१ करोड ४८ लाख ६६ हजारको लेखापरीक्षण गरिएकोमा बेरुजु शून्य कायम भएको थियो ।


  • स‌जय रेग्मी
  • जेष्ठ ४ २०८३, सोमबार

पर्वत/  जिल्लाको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्दै आर्थिक अनुशासनमा उत्कृष्टता हासिल गरेको छ । गाउँपालिकाले यस उपलब्धिप्रति सम्बन्धित सबै जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेको छ ।

महालेखापरीक्षकको कार्यालयमार्फत सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को एकीकृत वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको आय तथा व्ययतर्फ कुल ७१ करोड ४८ लाख ६६ हजारको लेखापरीक्षण सम्पन्न भएको थियो । उक्त लेखापरीक्षणका क्रममा गाउँपालिकाको बेरुजु शून्य कायम भएको जनाइएको छ । गाउँपालिकाका अनुसार स्थानीय तहबाट भएको आम्दानी तथा खर्चमा पूर्ण आर्थिक अनुशासन कायम भएको प्रतिवेदनले पुष्टि गरेको छ ।

महालेखापरीक्षकको ६१औँ प्रतिवेदनमा उल्लेख भएअनुसार लेखापरीक्षण सम्पन्न भएका कुल ७५३ स्थानीय तहमध्ये केवल तीन स्थानीय तहले मात्र उक्त आर्थिक वर्षमा शून्य बेरुजु कायम गरेका छन् । तीमध्ये पर्वतको महाशिला गाउँपालिका पनि समावेश भएको हो ।

यस उपलब्धिले गाउँपालिकाको पारदर्शिता, इमान्दारिता र आर्थिक अनुशासनप्रतिको प्रतिबद्धता झल्किएको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयद्वारा जारी धन्यवाद पत्रमा बेरुजु शून्य कायम गर्न मार्गदर्शन गर्ने जनप्रतिनिधि, गाउँसभाका सदस्य, अध्यक्ष, उपाध्यक्ष, गाउँ कार्यपालिकाका सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूप्रति आभार व्यक्त गरिएको छ । गाउँपालिकाले आगामी वर्षहरूमा पनि आर्थिक अनुशासन कायम राख्दै सुशासन र पारदर्शितालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->