आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रतिकुल बकपत्र गर्ने तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

प्रतिकुल बकपत्र गर्ने तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १२ २०८३, मंगलबार

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी साक्षीका रूपमा उपस्थित गराइएका तीन जनाले गलत बयान दिएको भन्ने आयोगको आरोप छ । आयोगले उनीहरूलाई विशेष अदालतमा यसअघि नै दर्ता भएको एक मुद्दामा साक्षीका रूपमा उपस्थित गराएको थियो । सरकारी साक्षीका रूपमा उपस्थित प्रल्हाद गौतम, विप्लव पोख्रेल र राजेश श्रेष्ठले अनुसन्धानका क्रममा सहयोग नगरेको र गलत बकपत्र दिएको आयोगको दाबी छ ।

गत वैशाख २५ गते विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान प्रतिकूल हुनेगरी बयान दिएको पुष्टि भएको छ । आयोगले स्याङ्जा पुतलीबजारका विप्लव पोखरेलविरुद्ध ५६ हजार ३५०, हेटौँडा उपमहानगरपालिकाका प्रल्हाद गौतमविरुद्ध रु ३७ हजार ५०० र सिन्धुपाल्चोक त्रिपुरासुन्दरीका राजेश श्रेष्ठविरुद्ध रु २७ हजार ३५० बराबरको बिगो माग दाबी गरेको छ । उनीहरूले सो बराबरको रकम ढुण्डिराज दाहाललाई घूसबापत दिएका थिए । दाहाल यसअघि नै घूस लिएको अभियोगमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->