आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीबाट पूर्व सर्दै पानी पार्ने प्रणाली

गण्डकीबाट पूर्व सर्दै पानी पार्ने प्रणाली

काठमाडौँ उपत्यकामा थप वर्षाको सम्भावना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८३, शुक्रबार
फाइल तस्वीर

काठमाडौं / काठमाडौं उपत्यकामा थप वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार गएराति लगभग काठमाडौँ उपत्यकाभर वर्षा भएको थियो भने अहिले रोकिएको छ।

‘तर फेरि वर्षा हुने सम्भावना छ’, उनले भनिन्, ‘गण्डकी र लुम्बिनीबिचमा विकसित पानी पार्ने प्रणाली बागमती प्रदेश (पूर्व) तर्फ सर्दै छ। जसले गर्दा काठमाडौँ उपत्यकामा फेरि वर्षा हुने सम्भावना छ।’

उनका अनुसार आज शुक्रबार काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने आकलन छ। गएराति भने काठमाडौँ उपत्यकाका एक-दुई स्थानमा भारी वर्षासमेत भएको थियो।

‘पछिल्लो १२ घण्टामा काठमाडौँको खुमलटारमा ६५.४ मिलिमिटर वर्षा भएको छ भने चन्द्रागिरिमा पनि झन्डै भारी ४७.४ मिलिमिटर वर्षा भएको छ’, मौसमविद् महर्जनले भनिन्।

मौसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ। यसबाहेक काठमाडौँ उपत्यकाका धेरैजसो स्थानमा मध्यम वर्षा भएको उनले बताइन्।

१० मिलिमिटरभन्दा माथि र ५० मिलिमटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ। देशभरको मौसम र सम्भावित वर्षाबारे मौसम महाशाखाले अहिले बिहान ८ बजे अद्यावधिक विस्तृत बुलेटिन जारी गर्नेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->