मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

चिप्लिएर कालीगण्डकी नदीमा खस्दा ६ वर्षीय बालक बेपत्ता

चिप्लिएर कालीगण्डकी नदीमा खस्दा ६ वर्षीय बालक बेपत्ता


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १५ २०८३, शुक्रबार

पर्वत/ पानी भर्ने क्रममा चिप्लिएर कालीगण्डकी नदीमा खस्दा पर्वतमा एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका–१ दोवलिया घर भई हाल म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा बस्दै आएका ६ वर्षीय प्रियान्सु सहनी नदीमा बेपत्ता भएका हुन् ।

कालीपुलमा डेरा गरी बस्दै आएका दुर्गेश कुमार मल्लका छोरा प्रियान्सु आफ्नै ठुला बुबाको छोरा १० वर्षीय ऋतिक सहनीसँग पर्वतको जलजला गाउँपालिका–३ कालीपुलमा रहेको पँधेरोमा बिहीबार साँझ पानी लिन गएका थिए ।
पानी भर्ने क्रममा अचानक चिप्लिएर कालीगण्डकीमा खसेका प्रियान्सु बेपत्ता भएका हुन् । उनको उद्धारको लागि प्रहरी चौकी वारी बेनी पर्वतबाट प्रहरी खटिएको भए पनि उनको अवस्था अज्ञात रहेको छ । उनले लगाएको चप्पल भने पँधेरोमा नै फेला परेको प्रहरीले बताएको छ ।

उनको खोजीका लागि बिहीबारदेखि नै सुरक्षाकर्मीहरू खटिरहेको भए पनि अवस्थाका बारेमा पत्ता लाग्न नसकेको प्रहरीले बताएको छ । बेनी बजारको क्षेत्रमा कालीगण्डकी नदी बजारमै जोडिएकोले विगतमा पनि यस्ता घटनाहरू पटक पटक भइरहेका छन् । बेनी बजार नदीको किनारसँगै जोडिएकोले पानी भर्न जाँदा, खेल्दा, पौडी खेल्न जाँदा पनि बालबालिकाहरू नदी खसेका तथा बगेका घटनाहरू विगतमा पनि भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->