आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पर्वतका पत्रकारलाई पुरस्कार र सम्मान

पर्वतका पत्रकारलाई पुरस्कार र सम्मान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८३, मंगलबार

पर्वत/नेपाल पत्रकार महासंघ पर्वत शाखाको १४ औँ साधारण सभामा ९ जना पत्रकारलाई पुरस्कार र सम्मान अर्पण गरिएको छ ।

जिल्लाका तीनजना पत्रकारलाई ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो भने पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ६ जना अग्रज पत्रकार सम्मानित भएका हुन् ।

सिर्जनशील पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश गिरी तथा गोरखापत्र दैनिकका संवाददाता प्रनिश गिरी सम्मानित भएका हुन् । पुरस्कृत पत्रकारहरूलाई नगद १२ हजार २ सय २२ रुपैयाँ, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको थियो । महासंघले हरेक वर्ष उत्कृष्ट पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

पत्रकारिता तथा प्रेस स्वतन्त्रताको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै संस्थापक अध्यक्ष भोलानाथ शर्मा तथा पूर्वअध्यक्षहरू ओमप्रसाद शर्मा, यामबहादुर केसी, दुर्गाप्रसाद शर्मा, छविलाल तिवारी र सन्तोष थापालाई सम्मान गरिएको पत्रकार महासंघ पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->