पोखरा/सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पशुपति सुवेदीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको छ ।
अधिवेशनबाट तीनवर्षे कार्यकालका लागि महेन्द्र सुवेदी उपाध्यक्ष, भीमप्रसाद सुवेदी सचिव, बुद्धिनाथ सुवेदी सहसचिव र यमकुमारी पौडेल सुवेदी कोषाध्यक्ष निर्वाचित भए । सदस्यहरूमा रामकली सुवेदी, पशुपती सुवेदी, दीपक सुवेदी, नारायणप्रसाद सुवेदी, तीर्थराज सुवेदी, सुमित्रा सुवेदी, मुक्तीराम सुवेदी, शिव सुवेदी, सिर्जना सुवेदी र अम्बिका केसी सुवेदी चयन भएका छन् ।
अधिवेशनको सुकल्प नेपालका केन्द्रीय कुलाधिपति रमेशप्रसाद सुवेदीले गरेका थिए ।
साधारणसभाले अध्यक्ष डा. अनिल सुवेदीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष भीमप्रसाद सुवेदीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो ।





