शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

कास्कीका बलभद्र भूमि समस्या समाधान समितिको अध्यक्ष

कास्कीका बलभद्र भूमि समस्या समाधान समितिको अध्यक्ष


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १९ २०८३, मंगलबार

पोखरा./ सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठले समितिको रिक्त पदहरूमा नयाँ नियुक्ति गरेको हो ।

समितिको सदस्यहरूमा अमिर प्रसाद न्यौपाने, पद्मनिती सोती र डा.रोना श्रेष्ठ रहेका छन् । सरकारले समितिको रिक्त पदहरूमा नियुक्ति गर्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि आयोगको कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

मन्त्रिपरिषद्को निर्णयसँगै नवनियुक्त पदाधिकारीहरूले समितिको नेतृत्व तथा नीति कार्यान्वयनको जिम्मेवारी सम्हाल्नेछन्। समितिले भूमिसम्बन्धी विवाद समाधान, जग्गा व्यवस्थापन तथा भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने लगायतका कार्य गर्दै आएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->